काठमाडौं । अब आईएमई रेमिट बाट पठाइएको पैसा मोबाइल वालेटमै प्राप्त गर्न सकिने भएको छ । आईएमई मनि ट्रान्सफर र आईएमई पेकाे सहकार्यमा यस्तो सेवा सुरु गरिएको हो ।
कोरोना भाइरसका कारण हाल यतिखेर देशका विभिन्न स्थानमा निषेधाज्ञा लागु गरिएको छ । विभिन्न बैंक शाखा तथा रेमिटका काउण्टर समेत बन्द रहेको यो अवस्थामा डिजिटल भुक्तानी एक मात्र विकल्पको रुपमा देखा परेको छ ।
यस्तो अवस्थामा तपाईंले आईएमईमार्फत पठाइएको पैसा मोबाइल वालेटमा बुझ्न सक्नुहुनेछ । यो सेवा देशभित्रै एक स्थानबाट अर्को स्थान तथा विदेशबाट नेपालमा रकम पठाउँदा प्रयोग गर्न सकिनेछ ।
आईएमई पेको एप प्रयोग गरी रेमिट्यान्समार्फत पठाइएको रकम ट्र्याक गर्न समेत सकिन्छ । यसमा रकम पठाइएको, प्रक्रियामा रहेको, उपलब्ध रहेको र प्राप्त गरिसकेको विवरण वास्तविक समयमै हेर्न सकिन्छ । साथै यो एपबाट तपाईं आफ्नो नजिक रहेका एजेन्टका काउण्टर समेत फेला पार्न सक्नुहुनेछ ।
जसमा आफूले चाहेको एजेन्टमा ट्याप गरी त्यहाँसम्म पुग्ने बाटो समेत एपभित्रै रहेको नक्सामा देख्न सकिन्छ । साथै त्यसमा निश्चित एजेन्टको नम्बर समेत उपलब्ध गराइएको छ । जसमार्फत फोन गरेर विस्तृत रुपमा बुझ्न समेत सकिन्छ ।
मोबाइलमै कसरी प्राप्त गर्ने आईएमईबाट आएको पैसा ?
यसका लागि तपाईंले सुरुमा एण्ड्रोइड फोनका लागि यहाँ र आईफोनका लागि यहाँ क्लिक गरी सुरुमा आईएमई पेको मोबाइल एप डाउनलोड गर्नुहोस् ।
त्यसमा मागिएको आवश्यक विवरण राखेर केवाईसी फारम भर्नुहोस् ।
यति भएपछि आईएमई पेमा तपाईंको खाता तयार हुनेछ ।
अब आईएमई पेको मोबाइल वालेटको एपमा रहेको रेमिट्यान्स लेखिएको स्थानमा थिच्नुहोस् ।
त्यसमा रकम पठाउने देश, प्राप्त रकम र कन्ट्रोल नम्बर राख्नुहोस् ।
अब आफ्नो आईएमई वालेटको पिन नम्बर राखेर आईएमई गरिएको पैसा मोबाइल वालेटमै लिन सक्नुहुनेछ ।
यसरी तपाईं आईएमई पेमा २०० भन्दा बढी देशबाट आईएमई मार्फत पठाइएको रकम सोझै प्राप्त गर्न सक्नुहुन्छ ।
आईएमईको वालेटमा आएको पैसा तपाईं सोझै बैंक खातामा जम्मा गर्न, विभिन्न किसिमका सेवा तथा सुविधाको भुक्तानी गर्न सक्नुहुन्छ । निषेधाज्ञा समाप्त भएपछि तपाईं वालेटमा भएको रकम आईएमईका एजेन्ट काउण्टरमा गएर नगदै निकाल्न समेत सक्नुहुन्छ ।
कम्पनीले हाल वालेटमा रहेको पैसामा चार प्रतिशत ब्याज रकम समेत उपलब्ध गराउँदै आएको छ ।
source Techpana