डोटी। निड्स नेपालले आप्रवासीहरुलाई सुरक्षित आप्रवासन सम्बन्धित परामर्श दिइदै आई रेहको छ ।
डोटीको आर्दश गाउँपालिकामा राष्ट्रिय वातावरण तथा सम विकास समाज (निड्स) नेपालद्वारा जर्मन सरकारको आर्थिक तथासंघिय मन्त्रालयको (BMZ_ / AWO International को सहयोगमा १ जनवरी २०२३ देखि ३१ डिसेम्बर २०२५ सम्म का लागि संचालन भईरहेको “सुरक्षित श्रम आप्रबासन प्रबर्धन परियोजना” अन्तरगत गाउँपालिकामा गठन भएका ४० वटा आप्रवासी महिला समूहको मासिक बैठकमा उक्त परामर्श दिदै आएको हो ।
भारत तथा तेश्रोमूलुक जान चाहने, फर्केका तथा आप्रावसनमा रहीरहेका आप्रवासी परिवारहरुलाई निरन्तर रुपमा सुरक्षित आप्रवासन, मानव बेचबिखन तथा आप्रवासन जानुपूर्व अपनाउनु पर्ने कानुनी प्रकृयाहरु, यात्रा गर्दा र कार्यस्थलमा रहदा ध्यान दिनुपर्ने कुराहरुका साथै बैक तथा क्ष्ःभ् मार्फत् रेमिट्यान्स कसरी घर पठाउने भन्ने विषयमा निरन्तर रुपमा सूचना तथा परामर्श प्रदान गरिदै आएको परियोजना प्रबन्धक श्री लक्ष्मी भक्त जोशीले जानकारी दिनुभयो ।
यसबाट भारत तथा तेश्रो मुलुक जान चाहने व्यक्तिहरुले सम्पूर्ण कानुनी प्रकृया पूरा गरेर जाने र कामको सिलसिलमा बिदेशमा रहंदा के गर्ने र के नगर्ने जस्ता व्यवहारिक कुराहरु समेत जानकारी प्राप्त गर्ने भएकोले भविष्यमा गाह्रो अप्ठ्यारो पर्नबाट बच्न सजिलो भएको छ समुहका सदस्यहरुले बताएका छन । बिदेशमा कमाएको धन सुरक्षित तरिकाले घर सम्म कसरी ल्याई पु्याउने भन्ने बारे समेत सजिलो भएको छ उनिहरु बताउछन ।
साथै निड्स नेपालले डोटी जिल्लाको आदर्श गाउँपालिकामा सुरक्षित आप्रवासन, मानव बेच बिखन, लैगिक हिंशा, नेतृत्व विकास, उद्यमशीलता विकास र आधारभुत मानव अधिकारका क्षेत्रमा चेतनामूलक कार्यक्रम संचालन गरिरहेको छ । यस संस्थाले डोटी जिल्लाको आदर्श गाउँपालिकाका ७ वटै वडाहरुमा रहेका बिपन्न आप्रवासी महिलाहरुको ४० वटा आप्रवासी महिला समूहहरुमा आप्रवासी परिवारको जीविकोपार्जनका अवसरहरुमा संलग्नता गराई समुदायमा पुनर्एकीकरण गराउने उद्देश्यका लागि बाख्रापालन, तरकारीखेती, व्यवसायिक तालिम, साना सिंचाई कार्यक्रका साथै स्थानीय उद्यमशीलता प्रबर्धन सम्बन्धि क्षमता विकास तालिम तथा सहयोग प्रदान गर्दै आई रहेको छ ।