डोटी सुदुर पश्चिम प्रदेशको पहिलो पुर्ण खोप सुनिश्चतता तथा दिगोपना जिल्ला घोषण गरीएको छ ।
सोमबार जिल्ला सदरमुकाम सिलगढीमा एक औपचारीक कार्यक्रमको आयोजना गरी डोटीलाई सुदुर पश्चिम प्रदेशको पहिलो पुर्ण खोप सुनिश्चतता तथा दिगोपना जिल्ला घोषण गरीएको हो ।
पुर्ण खोप सम्बन्धि निर्देशिका अनुसारका सम्पुर्ण मापदण्ड पुरा गरी जिल्लालाई पुर्ण खोप सुनिश्चतता तथा दिगोपना जिल्ला घोषण गरीएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासिले बताए ।
कार्यक्रममा अतिथि समेत रहेका स्वास्थ्य निर्देशनालय राजपुरका प्रमुख जगदीस जोशीले सरकारले स्वास्थ्य क्षेत्रमा संचालन गरेका कार्यक्रमहरु मा खोप कार्यक्रम सफल कार्यक्रम रहेको बताउदै घोषण पछि पनि अभियानलाई निरन्तरता दिनु पर्ने बताए ।
घोषण कार्यक्रम बोल्दै प्रमुख जिल्ला अधिकारी कल्पाना श्रेष्ठले खोप पाउनु सम्पुर्ण बालबालिका संबैधानिक अधिकार भएकाले यस क्षेत्रमा काम गर्ने सम्पुर्णलाई धन्यवाद दिइन् ।
दिपायल सिलगढी नगरपालिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि बाजि सिह खड्काले वर्तमान समयमा स्वास्थ्यकर्मीले भगवानकाेजस्तै भुमिका खेलिरहेको बताउदै स्वास्थ्य क्षेत्रको सुधारका लागि सबै लाग्नु पर्ने बताए । उनले आफ्नो पालिकामा स्वास्थ्यकर्मीको प्रोत्सानका लागि योजना बनाउने समेत बताए ।
कार्यक्रममा डोटीका स्थानिय तहका प्रमुख तथा उप प्रमुख ,स्वास्थ्य शाखा प्रमुख,जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पत्रकार लगायत सर्वधारण उपस्थीति रहेको थियो ।
डोटीमा रहेका ६५ वटा वडा र ९ वटा पालिकाहरुलाई पुर्ण खोप घोषण भई सके पछि जिल्ला घोषण गरीएको हो ।