डोटी जिल्लामा एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने भएको छ।
दिपायल सिलगढि नगरपालिका वडा नं ६ को पहलमा जिल्ला अस्पताल डोटी ,दि सि न पा वडा नं ६को कार्यालय माया मेट्रो अस्पताल र भैरव प्रसाद गणको सयुक्त आयोजनामा जिल्ला अस्पताल हाता भित्र बैशाख १६ गते एक दिने स्वास्थ्य शिबिरको आयोजना गर्न लागिएको हो।
उक्त शिविरमा विभिन्न क्षेत्रमा विशेषज्ञ चिकित्सकहरुले सेवा दिने दिपायल सिलगढि नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नरेश मलासिले जानकारी दिनुभयो ।डोटी जिल्लाका ग्रामीण भेगका जनता अझै पनि आर्थिक अभावका कारण रोग पालिरहेको अवस्थालाई मध्यनजर गर्दै उक्त शिविरको आयोजना गर्न लागिएको वडा अध्यक्ष मलासिले बताउनुभयो ।
शिविरमा माया मेट्रो अस्पताल धनगढीका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा पुजन पन्त,बाल रोग विशेषज्ञ डा सुलोचना दाहाल,छाला तथा यौन रोग विशेषज्ञ डा प्रियंका मैनाली , स्त्रीरोग विशेषज्ञ डा रबिन्द्र देवकोटा ,दन्त रोग विशेषज्ञ डा प्रेरणा शर्मा बाट सेवा प्रदान गरिने माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले जानकारी दिनुभयो ।
अध्यक्ष साउदले धेरै जसो विशेषज्ञ सेवा एकै थलोमा पाइने भएका कारण पक्कै पनि यस शिविरले आर्थिकरुपमा बिपन्न जनतालाई फाइदा पुग्ने पनि बताउनुभयो ।
साथै त्यस्तै जिल्ला अस्पताल डोटीका जनरल प्राक्टिस तथा मेडिसिन विशेषज्ञ डा निराजन श्रेष्ठ ,जनरल फिजिसियन तथा इन्टरनल मेडिसिन विशेषज्ञ डा जुनु लावति र बालरोग विशेषज्ञ डा ललित सुरि द्वारा सेवा प्रदान गरिने जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट डा निराजन श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लामा अधिकांस जनता आर्थिक अभावमा स्वास्थ्य सेवाको पहुँच भन्दा बाहिर रहेको र यस्ता शिविरले आर्थिक अभावमा रोग पालेर बसेका जनतालाई ठुलो राहत पुग्ने भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्कीले बताउनुभयो ।
एक दिने निशुल्क स्वास्थ्य शिविरमा विभिन्न विधाका बहुसंख्यक विशेषज्ञ चिकित्सक सहितको मेडिकल टिमबाट निशुल्क सेवा उपलब्ध हुने हुँदा बिशेष गरि दिपायल सिलगढि नगरपालिका ,पुर्विचौकी गाउपालिका ,आदर्श गाउपालिका,के आइ सिंह गाउपालिका,सायल गाउपालिका लागायतका स्थानीयहरु प्रत्यक्ष लाभान्वित हुने छन।
भने ल्याब र एक्सरे सेवा पनि प्रदान गरिने गरिने छ।