लाेकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन मुल कमिटीका संयाेजक तथा नेपाली कांग्रेसका नेता भरत बहादुर खड्काले डाेटीमा गठबन्धनकाे जित र हारकाे श्रेय नेपाली कांग्रेस डाेटीले लिनु पर्ने बताएका छन ।
शुभ दिपावली, छठ,पर्व नेपाल संवत् तथा सामाजिक सदभावका लागि आइतबार डाेटीकाे पुर्बीचाैकि गाउँपालिमा आयोजना गरेकाे शुभकामना आदन प्रदान कार्यक्रम बाेल्दै खड्काले उक्त धारण राखेका हुन ।
खड्काले टिकट बाडफाडकाे समयमा हामिले पनि गठबन्धन हुनु हुदैन भनेर निर्णय गरेका थियाै तर देश र परिस्थितिकाे माग अनुसार पाटी केन्द्रले गठबन्धन गरेर जाने निर्णय गरेपछि हामी उक्त निर्णय मान्नु हाम्रो लागि राजनीति धर्म भएकाे कुरा बताए ।
उनले डाेटी जिल्लामा नेकपा माअाेवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मतले मात्र चुनाव जित्न नसकिने भएकाले गठबन्धन जित र हारकाे श्रेय नेपाली कांग्रेसलाई जाने दावि गरेका हुन ।
खड्काले अर्को प्रसङ्गमा गठबन्धनको हार भएर प्रतिगामी शक्तिकाे हातमा देश गए ठुलाे दुर्घटना हुन सक्ने भएकाले गठबन्धनका उमेदवारलाई मतदान गर्न समेत अपिल गरेका छन ।
कार्यक्रममा नेकपा एसका पाेलिटब्युराे सदस्य तथा प्रतिनिधि सभाका उमेदवार प्रेम आले,नेपाली कांग्रेस डाेटीका सभापति तथा प्रदेश सभा "क" उमेदवार नरेन्द्र बहादुर सिह, नेकपा माअाेवादी केन्द्रका नेता तथा प्रदेश "ख" उमेदवार शिव सि ओली र समानुपातिक तर्फका उमेदवारले शुभकामना मन्तव्य राखेका थिए ।
शुभकामना आदन प्रदान कार्यक्रम कात्तिक ६ गते जाेरायलमा सम्पन्न हुने छ ।