साउन १०, डोटी
डोटी जिल्ला सदरमुकाम सिलगढीमा अबस्थित नेपाली सेना भैरब प्रसाद गणले १४२ औ बार्षिकोत्सबको उपलक्ष्यमा डोटी जिल्लामा भैरब ट्रफी २०७९ को आयोजना गर्ने भएको छ ।
नागरिक र नेपाली सेना बिचको सम्बन्ध प्रगाढ होस भन्ने हेतुले भैरब ट्रफी २०७९ को आयोजना गर्न लागिएको भैरब प्रसाद गणका गणपती प्रमुख सेनानी जनमत बहादुर कार्किले बताए । उनले भने नेपाली सेना र नागरिकहरु बिचको सम्बन्ध जहिले पनि नजीकको हुनुपर्छ, एकले अर्कोलाई सहयोग गर्नुपर्छ भन्ने सन्देश खेलमार्फत दिनको लागि फुटबल प्रतियोगिताको आयोजना गरेको बताए ।
डोटी जिल्ला सदरमुकाम सिलगढीको टुडीखेलमा आयोजना गरिने फुटबल प्रतियोगितामा दिपायल सिलगढी नगरपालिका, पुर्विचौकी गाउँपालिका, नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ, कर्मचारी मिलन केन्द्र, भैरब प्रसाद गण, त्रिबी प्राध्यापक संघ, बैंर्कस संघ, डोटी उद्योग बाणिज्य संघ र शिखर नगरपालिका गरी दश वटा टिमको सहभागिता रहने समेत प्रमुख सेनानी कार्किले बताए ।
प्रतियोगितामा सहभागि प्रथम हुने टिमलाई नगद २० हजार का साथै मेडल प्रमाण पत्र र सिल्ड पुरस्कार उपलब्ध गराईने छ त्यस्तै द्धितृय हुनेलाई १० हजार नगद सहित मेडल प्रमाण पत्र उपलब्ध गराईने छ । भने अन्य सहभागि टिमलाई प्रमाण पत्र उपलब्ध गराईने समेत आयोजकले जनाएको छ ।
बार्षिकोत्सबको अवसरमा गणले दिपायल सिलगढी नगरपालिकाका निर्बाचित जनप्रतिनिधी महिला र भैरब प्रसाद गणकी महिलाहरु बिच डोरी तान खेलको आयोजना गर्नुका साथै अन्य गणभित्र आन्तरीक कार्यक्रमहरु आयोजना गरिने गणले जनाएको छ । फुटबल प्रतियोगिता साउन १२ र १३ गते हुने भएको छ ।