परियाेजना सल्लाहकार समितिकाे बैठक डाेटीमा सम्पन्न
शालिभान साउँद, भदौ ११, डाेटी
जिल्ला परियाेजना सल्लाहकार समितिकाे बैठक शुक्रबार डाेटीमा सम्पन्न भएको छ । सामुदायिक विकास केन्द्र डाेटी (सिडिसी) काे अायाेजनामा वल्ड भिजन ईन्टरनेशनल नेपाल डाेटी, समान पहुँच केन्द्र (सिड) नेपाल डाेटी र जिल्ला समन्वय समिति डाेटीकाे साझेदारी उक्त बैठक दिपायल सिलगढी नगरपालिकाकाे सभा हलमा सम्पन्न भएको हाे । सामुदायिक विकास केन्द्र डाेटी (सिडिसी) डाेटीले विभिन्न साझेदार संस्था सँगकाे सहकार्यमा जिल्लाका सामाजिक क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै अाएकाे छ ।
जिल्लामा २०४९ सालमा स्थापना भएकाे उक्त संस्थाले बालबालिकाकाे गुणस्तरीय शिक्षा र अधिकार, स्वास्थ्य, सरसफाइ, महिला सीप विकास तथा अायअार्जन, लगायतका विपत जाेखिम न्युनिकरण, जलबायु परिवर्तन, अाधुनिक कृषिमा जनसमुदायलाई अाक्रसित गर्ने गतिविधि, विधालयमा भाैतिक तथा शैक्षिक सामाग्री सहयाेग गर्नुका साथै अन्य सामाजिक क्षेत्रमा काम गर्दै अाएकाे सामुदायिक विकास केन्द्र (सिडिसी) डाेटीका अध्यक्ष हेमराज जाेशीले बताए । सामुदायिक विकास केन्द्र डाेटीले जिल्लाका ४ स्थानिय तह दिपायल सिलगढी नगरपालिका, अार्दश गाउँपालिका, पुर्विचाैकी गाउँपालिका र सायल गाउँपालिका मा परियाेजना लागु गरेको छ ।
जिल्लाकाे दिपायल सिलगढी नगरपालिकाकाे वडा नं २ र ९, अार्दश गाउँपालिकाकाे वडा नं १, २, ३, ४, ५ र ७ त्यसै गरी पुर्विचाैकी गाउँपालिकाकाे वडा नं १, २, र ३ र सायल गाउँपालिकाकाे वडा नं ४ र ५ मा परियाेजना अन्तरगत काम गर्दै अाएकाे संस्थाका अध्यक्ष जाेशीले जानकारी दिए । कार्यक्रममा साझेदार संस्थाहरूले १ बर्ष भरी गरेका क्रियाकलापकाे प्रस्तुतिकरण गरेका छन । अधिकांश संस्थाले समुदायका बालबालिकाकाे स्वास्थ्य र शिक्षाकाे अधिकार सुनश्चित हुने गतिविधि तथा अायअार्जनका क्रियाकलाप संञ्चालन गरेकाे प्रतुतिकरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बाेल्दै निमित्त प्रमुख जिल्ला अधिकारी किरण जाेशीले सरकारले सबै ठाउँमा लगानी गर्न नसकिरहेकाे बेला समाज रूपान्तरण गर्न जिल्लामा क्रियाशिल गैरसरकारी संस्थाकाे अतुलनिय याेदान रहेकाे बताईन । साथै उनले जिल्लामा काेरना भाईरस काेभिड १९ काे जाेखिम अझै कायमै रहेकाेले सरकार द्वारा जारी स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्न समेत सबैमा अाग्रह गरेकी छिन। कार्यक्रममा कार्यक्रम लागू भएका जिल्लाका स्थानिय तहका प्रमुख तथा प्रतिनिधि, सराेकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतकाे सहभागिता रहेकाे थियोे ।