वल्र्ड रेमिट अन्तरदेशीय डिजिटल रेमिट्यान्स कारोबार गर्ने संस्था हो । सम्झौतापछि वल्र्ड रेमिटका साउथ एसिया कन्ट्री निर्देशक रूजान अहम्मदले भने, ‘नेपालले आफ्ना जनताका लागि तीब्र रूपमा डिजिटल रूपमा सेवा उपलब्ध गराइरहेको छ भने नेपाली जनताले पनि परिवर्तनलाई आत्मसाथ गरेको देखिरहेका छौं । वल्र्ड रेमिट यी घटनाक्रमलाई निरन्तरता दिन प्रतिबद्ध छ र त्यसका लागी हामीले इसेवा मनि ट्रान्सफरसँग सहकार्य गर्न पाउँदा अझै गौरवान्वित भएका छौं ।’
इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले भने, ‘डिजिटल अन्तरदेशीय भुक्तानी सेवामा विश्वकै अग्रणी कम्पनी वल्र्ड रेमिटसँग साझेदारी गर्न पाउँदा हामी धेरै नै उत्साहित छौं । यस साझेदारीले कम शुल्कमा रेमिट्यान्स भित्र्याउने हाम्रो अभियानमा अर्को एउटा थप आयाम हुनेछ ।
वल्र्ड रेमिटमार्फत नयाँ ग्राहक बनेर प्रमोकोड प्रयोग गरी पहिलो पटक इसेवा खातामा रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने भएको छ । डिजिटल रेमिट्यान्स प्रबद्र्धन गर्ने उद्देश्यले वल्र्ड रेमिट र इसेवा मनि ट्रान्सफरले निःशुल्क रेमिट्यान्स पठाउन सकिने व्यवस्था मिलाएको छ । यो योजना जुन ३०, २०२१ सम्म लागू हुने इसेवाले जनाएको छ ।
विगत १० वर्षमा वल्र्ड रेमिटले लाखौं ग्राहकका लागि एक विश्वसनीय, सुरक्षित र भरपर्दो विश्वव्यापी डिजिटल भुक्तानीको उत्कृष्ट प्लेटफर्मको निर्माण गरेको छ । वल्र्ड रेमिट विभिन्न किसिमका भुक्तानीका विकल्पहरू प्रदान गर्दै अन्तर्राष्ट्रिय रेमिट्यान्समा रहेको उच्च लागत घटाउनका लागि पनि विभिन्न कार्य गर्दै आएको छ ।
अफलाइनमार्फत भइरहेको कारोबारलाई अनलाइनमा लगेर अन्तरदेशीय कारोबार गरी सुरक्षित, छिटो र कम लागतमा सेवा प्रदान गर्दै आइरहेको छ । हाल वल्र्ड रेमिटले १५० वटाभन्दा बढी देशमा आफ्नो सेवा दिँदै आइरहेको छ भने विश्वभर रहेका ६ हजार ५०० भन्दा बढी रेमिट्यान्स कम्पनीसँग सहकार्य गरेको छ । कम्पनीले १ हजार १०० भन्दा बढीलाई रोजगारी दिएको छ ।
रेमिट्यान्स पठाउने सवालमा वल्र्ड रेमिट शतप्रतिशत डिजिटल (नगदरहित) रहेको छ भने पैसा प्राप्त गर्नेहरूले आफ्नो बैंक खातामा, मोबाइल एयरटाइम टपअप, मोबाइल मनि तथा नगद संकलन गरेर समेत प्राप्त गर्न सक्नेछन् ।
इसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताको र ६५ भन्दा बढी बैंक खातामा रेमिट्यान्स रकम भित्र्याउँदै आइरहेको छ । इसेवा मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीलाई ८ हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि रेमिट्यान्स भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका १ करोड १० लाखभन्दा बढी जनसंख्या र १ लाख बढी संस्थााई फिनटेकमा आधारित भुक्तानी सेवाको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रूपको भगिनी कम्पनी पनि हो ।