शालिभान साउँद, चैत्र ०३, डोटी
जनस्वास्थ्य प्रवर्द्धन केन्द्र डोटीमा पनि उदघाटन गरिएको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय डोटीको आयोजनामा दिपायल सिलगढी नगरपालिका वडा नं ५ सिलगढी ईन्द्र चोक मा मंगलबार कार्यालय उदघाटन गरिएको हो । स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीको सभाध्यक्ष, दिपायल सिलगढी नगरपालिका का नगर प्रमुख मन्जु मलासीको प्रमुख अथित्यतता तथा स्वास्थ्य निर्देशनालय राजपुर डोटीका निर्देशक डाक्टर गुण राज अबस्थीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यालय उदघाटन कार्यक्रममा अतिथिहरू प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, प्रहरी उपरिक्षक दान बहादुर मल्ल, अन्य सुरक्षाकर्मीका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकारहरु रहेका थिए। जनस्वास्थ्य प्रवर्द्धन केन्द्रमा बिशेष गरी नसर्ने रोगहरूको उपचार हुने स्वास्थ्य सम्बन्धि चेकजाँच, परामर्श तथा उपचार गरिने स्वास्थ्य कार्यालय डोटीमा परिवार नियोजन निरिक्षक पदमा कार्यरत सुर्य बिष्ट ले जानकारी दिएका छन्।
स्वास्थ्य सेवामा सबैलाई पहुँच पुरयाउने उदेश्य ले कार्यालय स्थापना गरिएको भए पनि दुरदराजका नागरिकको स्वास्थ्य अबस्था फितलो रहेको हुदा स्वास्थ्य सुबिधा विकट बस्तीका नागरिक सम्म पुरयाउन आगामी दिनमा सबैले हातेमालो गर्दै पहल गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्टराईले बताए। स्वास्थ्य जस्तो अति आवश्यक संम्बेदनशिल क्षेत्रमा लगानी गर्न स्थानिय तह तयार रहेको र जिल्लामा स्वास्थ्य क्षेत्रमा कहा के आवश्यक छ सोही अनुसार योजना बनाई प्रदेश सरकार देखि संघ सरकार सम्म पहल गर्ने कार्यक्रमका प्रमुख अतिथि तथा दिपायल सिलगढी नगरपालिका का नगर प्रमुख मन्जु मलासी बताउनु भयो। यो सुनौलो अवसर सगै चुनौती पनि त्यति रहेकोले नागरिकहरूको स्वास्थ्य सुविधाका लागि जस्तो सुकै चुनौती सामना गर्न स्वास्थ्य कार्यालय डोटी तयार रहेको कार्यक्रमका सभाध्यक्ष तथा स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए।
अहिले ३ जना स्वास्थ्यकर्मी कर्मचारी रहने पछि आवश्यकता अनुसार कर्मचारी पदपुर्ति गरिने स्वास्थ्य प्रमुख मलासीले बताउनुभयो । कार्यक्रममा स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासी, दिपायल सिलगढी नगरपालिका का नगर प्रमुख मन्जु मलासी, स्वास्थ्य निर्देशनालय राजपुर डोटीका निर्देशक डाक्टर गुण राज अबस्थी, प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, प्रहरी उपरिक्षक दान बहादुर मल्ल, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, लगायत पत्रकारहरुको सहभागिता रहेकाे थियो ।