शालिभान साउँद, माघ २५, डोटी
शिक्षा, स्वास्थ्य, खाध्य र आवास अधिकार सम्बन्धी सरोकारवाला बिच सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार सिलगढीमा सम्पन्न भएको छ। मानव अधिकार समुह दिपायल सिलगढी नगरपालिका डोटीकी संयोजक सिता विकको सभाध्यक्ष, दिपायल दिपायल सिलगढी नगरपालिका नगर प्रमुख मन्जु मलासी को प्रमुख आतिथ्य तथा जिल्ला समन्वय समितिका उपप्रमुख ससि सोपको विशिष्ट आतिथ्यमा वडा न. ६ काे कार्यालयमा भएको कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका जनप्रतिनिधि तथा मानव अधिकारकर्मी सँग शिक्षा, स्वास्थ्य, खाध्य र आवास अधिकार सम्बन्धी कार्यक्रम भएको हो।
अधिकार सम्बन्धी काम गर्दै आएको ईन्सेक धनगढीको आयोजना भएको कार्यक्रममा मानवका दैनिकी आधारभुत आवश्यकता सँग जोडिएका स्वास्थ्य, शिक्षा, पोषण, स्वास्थ्य तथा आवास अधिकारका बारेमा छलफल भएको छ । शिक्षा, स्वास्थ्य, खाध्य र आवास अधिकार लागि मानब अधिकारकाे सेक्टरमा काम गर्ने सरोकारवाला सँग सहकार्य गर्दै अघाडी बढ्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि तथा दिपायल दिपायल सिलगढी नगरपालिका नगर प्रमुख मन्जु मलासीले बताउनुभएको छ। बजारमा अखाद्य सामाग्री बिक्री बितरण जस्ता किय्राकलाप नियन्त्रण गर्नुपर्ने र वास्तविक पिडित वर्गले सेवा सुविधा पाउनुपर्ने अधिकांश सहभागीको भनाई रहेको थियो । कार्यक्रममा दिपायल सिलगढी नगरपालिका का जनप्रतिनिधि, कर्मचारी, मानब अधिकार कर्मी, विध्यार्थी नेता, सरोकारवाला, मानव अधिकार समुहकी सहजकर्ता लगायत पत्रकारहरुको सहभागिता रहेको थियो।