शालिभान साउँद, माघ ०३, डोटी ।।
बृद्ध, एकल, अपाङ्ग तथा असाहयहरूका लागि जाडोमा न्यानो कपडा वितरण तथा सम्मान कार्यक्रम दिपायल सिलगढी नगरपालिका वडा नं ९ मछेन्तोलामा सम्पन्न भएको छ। नेपाल कम्युनिष्ट पार्टी सुदुरपश्चिम प्रदेश कमिटी सदस्य तथा समाजसेवी खगेन्द्र साउँद केपी० ले बिगत ८ बर्ष देखि बृद्ध, एकल, अपाङ्ग तथा असाहयहरूका लागि जाडोमा न्यानो कपडा वितरण कार्यक्रम डोटीमा सञ्चालन गरी न्यानो कपडा वितरण गर्दै आउनुभएको छ।
सोहि क्रममा शनिबार दिपायल सिलगढी नगरपालिका वडा नं ९ मछेन्तोलाका ३० जना बृद्ध, एकल, अपाङ्ग तथा असाहयहरूलाई न्यानो कपडा कम्मल बितरण गरी यस बर्ष दिपायल सिलगढी नगरपालिका वडा नं ९ बाट सुरूवात गरिएको समाजसेवी साउँदले बताउनु भएको छ ।
उक्त कार्यक्रममा बिष्ट जनरल स्टोर का प्रोप्रराइटर तथा डोटी चेम्बर अफ कमर्शका सदस्य राम बिष्टले पनि ३० जना बृद्ध, एकल, अपाङ्ग तथा असाहयहरूलाई कोरोना भाईरस कोभिड १९ बाट बच्न सरसफाई सामाग्री साबुन, कोलगेट र बुरूस बितरण गर्नु भएको छ। कार्यक्रम दिपायल सिलगढी नगरपालिका वडा नं ९ का वडा कमिटी अध्यक्ष लोक बाहादुर साउँदको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी सुदुरपश्चिम प्रदेश कमिटी सदस्य तथा समाजसेवी खगेन्द्र बहादुर साउँद ९केबी०को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम को बिशिष्ट अतिथिहरूमा दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मन्जु मलासी, नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी सदस्य अशोक सोप,दिपायल सिलगढी नगरपालिका वडा नं ९ का वडा अध्यक्ष धर्म बहादुर साउँद, जिल्ला कमिटी सचिवालय सदस्य सिता विक,बिष्ट जनरल स्टोर का प्रोप्रराइटर तथा डोटी चेम्बर अफ कमर्शका सदस्य राम बिष्ट रहनुभएको थियो।
कार्यपालिका सदस्यहरू रोजिना साउँद, टेक विक,वडा सदस्य ललि साउँद, गौरी नेपाली अतिथि रहेको कार्यक्रममा स्थानिय बुद्धिजिबी, समाजसेवी, बृद्ध, एकल, अपाङ्ग तथा असाहय, पत्रकार लगायतको सहभागीता रहेको थियो। कार्यक्रमको संञ्चालन सञ्चारकर्मी शालिभान साउँदले गर्नु भएको थियो।