शालिभान साउँद
डोटी । लैङ्गिक हिसां विरूद्धको १६ दिने अभियानका लागि पुर्व तयारी बैठक डोटीको दिपायल सिलगढी नगरपालिकाको सेति सभा हलमा सम्पन्न भएको छ।
दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मन्जु मलासी को अध्यक्षतामा भएको बैठकको प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपसंयोजक ससि सोव रहनुभएको कार्यक्रम मा अतिथिहरू डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी, पत्रकार, सरोकारवाला सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, दिपायल सिलगढी नगरपालिकाका वडा अध्यक्ष तथा समस्त सरोकारवालाले बाल बिबाह, छाउपडी प्रथा, लैङ्गिक हिसां, छुवाछुत,महिला माथि हुने सबै हिसां र अन्य मानिसहरूमा हुने सबै खाले हिसां अन्त्यका लागि आ आफ्नो तर्फ बाट नगरपालिका सँग समन्वय गरि अघाडी बढ्ने र सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन्।
मदिरा जन्य पदार्थले अधिकांश महिला तथा लैङ्गिक हिसां हुने गरेको हुनाले प्रहरी प्रशासनले अबैध मदिरा नियन्त्रण गर्नु पर्ने अधिकांश सहभागीहरूको भनाई रहेको थियो। आजको पुर्व तयारी बैठकबाट सबै सहभागीहरुलाई समेटेर लैङ्गिक हिसां विरूद्ध को १६ दिने अभियान मुल आयोजक समिति गठन गरिएको छ। लैङ्गिक हिसां विरूद्धको १६ दिने अभियानका लागि पुर्व तयारी बैठकमा
दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मन्जु मलासी, जिल्ला समन्वय समितिका उपसंयोजक ससि सोव, डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्टराई, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु,प्रहरीका प्रमुख तथा प्रतिनिधि, वडा अध्यक्षहरू, संञ्चारकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो।
लैङ्गिक हिसां विरूद्धको १६ दिने अभियानको पुर्ब तयारी बैठकको सञ्चालन दिपायल सिलगढी नगरपालिका अन्तर्गत महिला तथा बालबालिका शाखा प्रमुख सानु माया लिम्बूले गर्नु भएको थियो। लैङ्गिक हिसां अन्त्यको प्रतिबद्धता, ब्यक्ति समाज र सबैको एक्यबद्धता भन्ने मुल नाराका साथ २०७७ सालको लैङ्गिक हिसां विरूद्ध को १६ दिने अभियान भोलि बुधबार देखि देशभर सुरू हुने क्रममा डोटी जिल्लामा पनि सञ्चालन हुदैछ।