भाद्र १गते
नवराजजोशी
आज भाद्र सङ्क्रान्ति,सुदुर पश्चिमप्रदेशमा आजको दिनलाइ ओल्के पर्वका रुपमा धुमधाम सँग मनाइँदैछ ।सुदूरपश्चिम प्रदेशका सबै जिल्ला माहर्षोल्लासका साथ योे पर्व मनाईन्छ । “बिसुँखानु मरुँलो भनि, ओल्के खानु बाँचुलो भनी”भन्ने कथनपनि डोटी लगायतका जिल्लामा पाइन्छ । आजको दिनलाई बर्खायामको प्रकोप र महामारीबाट बचेर नयाँजीवनको प्राप्तिभएको खुशियालीमा ओल्के पर्व मनाईदै आएको जनविश्वास रहेको छ ।
डोटेलीभाषामा ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आजका
दिनबिहानै नुहाईधुवाई गरी विभिन्न परिकार बनाएर आफन्तलाई ओल्कोको रुपमा सागपात, फलफुल, अन्न, दुध, दहि, घिउ, गूड र पकवान आदि मान्यजन र आफन्तकहाँ लगेर भेटघाट गर्न जाने चलन छ । विभिन्न मन्दिरमा नयाअन्नबालि ओल्केका रुपमा देवतालाइ समेत चढाउने गरिन्छ ।
यो पर्व पश्चिम नेपालका साथै भारतको कुमाउँ गढवालमा समेत मनाईन्छ । ओल्के संक्रान्तिका दिन गाँउनजिकका डाँडामा सबै जनामिलेर रूखकाहांगाबिंगा, झ्याङ तथा अन्यबोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । जसलाई स्थानियभाषामा ‘बुढी हालेको’ भनिन्छ ।
आजकादिन बुण्ढणी पोल्ने ठाउँमा विशेष गरि सल्लाको बोट र नभएअन्यबोट विरुवा काटेर बन्दुनी गाड्ने गरिन्छ । उक्त बूढीलाइ असोज १ गते मनाइने सुदूरपश्चिको अर्को महान चाड बुण्ढणी संक्रान्तिका साँझगाँउका सबै जनामिलेर एकैसाथपोल्ने गरिन्छ ।
आफूभन्दा ठूलावडा, मान्यजनलाई सम्मान स्वरुमगाभा कर्कलाको भित्री पातफलफूल आदिदिनु मीठो मसिनो खानु, हातमा मेहन्दीलगाउनु यस पर्वका विशेषताहुन् । बर्षायाम सकिएर विभिन्न चाडपर्व सुरु हुने हुँदा यस पर्वलाई जेठो पर्वका रुपमापनिलिने गर्दछन ।
आजका दिनमा गाउँगाउँका युवायुवती जम्माभएर पिङ खेल्ने, डेउडा खेल्ने, दिउँसोभरी रमाईलो गर्ने र बेलुका बुढीहाल्ने गर्दछन् ।
यो पर्व कुनै धार्मीक वापौराणिक उत्प्रेरणाबाट प्रभावितनभई यस भेगकाबासिन्दाहरुको मौलिकपर्व रुपमापनि रहीआएको छ । यसलाई सिंह संक्रान्तीपनिभन्ने गरिएको छ ।
प्रकृतिमा नयाँनयाँ किसिमका बनस्पति र किरा फट्याङ्ग्राहरु देखिनुका साथै धुलो धुवा र फोहोर पखालिन्छ र पाखापखेरामानवधार (पानीकानयामुहान) फुट्न थाल्ने पनिविश्वास रहेको छ ।