डोटीमा गरिएको परिक्षणमा आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९७ जनामा परिक्षण गर्दा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल डोटीका ल्याव इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिनुभयो । आइतबार संक्रमण पुष्टि हुनेमा दिपायल सिलगढी नगरपालीकाका वडा नम्बर ६ का मात्रै २ जना महिला र ३० जना पुरुष गरि जम्मा ३१ जना रहेका छन् । संक्रमण पुष्टि हुनेमा दिपायल शिलगढी नगरपालिका वडा नम्बर ६ स्थित बाल सुधार गृहमा रहेका २७ जना कैदीबन्दी रहेका छन् ।
यस्तै सो वडाका अन्य २ जना महिला र ३ जना पुरुष, वडा नम्बर ४ का १ एक जना पुरुष , वडा नम्बर ५ का एक जना महिला र बोगटान फुड्सिल गाउपालिका वडा नम्बर ७ का एक जना पुरुष रहेको समेत स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनुभयो । योसँगै जिल्लामा संक्रमित हुनेको संख्या १२८४ पुगेको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।