डोटी। योगदान राष्ट्रको लागि” नामक राष्ट्र ब्यापी अभियानको आज एक कार्यक्रमका बिच २२ सदस्यीय डोटी जिल्ला कार्य समिति गठन भएको छ।
सत्तारुढ नेपालका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटि चेम्बर अफ कमर्शका अध्यक्ष खगेन्द्र बहादुर साउद (केबि) को प्रमुख आथित्यमा सम्पन्न उक्त भेला भएको हो ।
दिपायल शिलगढी पालिकाको सभाहरुमा आज आइतबार सम्पन्न भेलाबाट अध्यक्षमा दिपेन्द्र खडका ,उपाध्यक्षमा सुष्मा मलासी,सचिवमा दिपक खाती, कोषाध्यक्षमा तुलसी विष्ट, सहसचिवमा महेन्द्र विष्ट चयन गरेको हो ।
यस्तै सदस्यहरुमा शालिभान विष्ट,तेज डुम्रेल,हिक्मत भण्डारी, वीरबहादुर विष्ट ,रामबहादुर देउवा , राम बहादुर बिष्ट, केशव बहादुर विष्ट, कृष्णा मलासी , शंकर नेपाली, महेन्द्र विष्ट, दिपेन्द्र खड्का,बिरेन्द्र खड्का , दिपा भट्ट, केशव खड्का,अभिषेक साउद, स्वर्णाम र संकल्प खड्कालाई सदस्यमा चयन गरेको संस्थाका अध्यक्ष दिपेन्द्र खड्काले बताए ।
स्वयंसेवी भावनाले प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको उक्त संस्थाले कोरोना भाइरस चलेसँगै डोटीमा विभिन्न सामाजिक काम गर्दै आएको छ । युवाहरू संगठित गर्ने, बीउबिजन सुरुगर्ने, रक्तदान गर्ने, सरसफाई गर्ने, समुदाय स्तरमा अध्ययन अध्यापन गराउने, बालबालिकालाई सामग्री सहयोग गर्ने लगायतका काम गर्दै आएको संस्थाका सदस्य वीरबहादुर विष्टले बताए ।