डोटीमा स्वास्थ्य सामाग्री अपनाउदै पठनपाठन गर्दैआएका बिद्यालय पुनः बन्द हुन थालेका छन् ।
स्वास्थ्य सामाग्री अपनाउदै पठनपाठन क्रियाकलाप लाई निरन्तरता दिरहेका बिद्यालयहरु फेरि जिल्लामा कोरोनाका बिरामी थपिदै जादा पुनः बन्द हुन थालेका हुन् ।
नेपालीहरुका महानचाड दशै र तिहार नजिकिदै जादा भारत लगायत देशका विभिन्न ठाउमा कामको शिलशिलामा गएका अधिकांश नेपालीहरु दशै तिहार मान्न घर फर्किनेको ओइरो लागेसंगै कोरोनाका बिरामी ह्वात्तै बढ्नथाले र बिद्यालयहरुलाई पुन बन्द गर्नुपर्ने बाध्यता आएको आदर्श गाउपालिकाका शिक्षा इकाई प्रमुख मनु कुमारी क्षेत्रीले बताउनुभयो ।
जिल्लाको दक्षिणी भेगमा पर्ने जोरायल गाउपालिकामा भने माध्यमिक तहका बिद्यालयहरु बन्द भएपनि आधारभूत तहका बिद्यालयहरु वैकल्पिक प्रणालीद्वारा भौतिक दुरी कायम राख्दै तथा स्वास्थ्य सामाग्री अपनाउदै पठनपाठन क्रियाकलापलाई निरन्तरता दिइरहेका छन् । सो गाउपालीकाका शिक्षा इकाई प्रमुख तेजबहादुर खत्रीका अनुसार भौतिक दुरी तथा स्वास्थ्य सामाग्रीका साधन माक्स, सेनिटाइजर अपनाउदै २०/२५ जनाको समूह बनाएर वैकल्पिक प्रणालीबाट बिद्यालयमा पठनपाठन सुरु भैरहेको छ ।
केहि समय अघाडी स्वास्थ्य सामाग्री अपनाउदै पठनपाठन भैरहेको पुर्बिचौकी गाउँपालिकामा समेत कोरोना कहरको बीच विद्यालय सञ्चालन गरेको खण्डमा जुनसुकै विद्यार्थी पनि संक्रमणको सिकार हुन सक्ने भएकोले विद्यालय बन्द गर्नु आवश्यक रहेको सो गाउपालिकाका शिक्षा इकाई प्रमुख बिनोद भट्टको भनाइ छ ।
जिल्लाको सबैभन्दा बढी कोरोना प्रभावित मानिने शिखर नगरपालिकामा भने सामाजिक दुरी कायम राख्दै वैकल्पिक प्रणालीबाट बिद्यालयमा पठनपाठन क्रियाकलाप निरन्तरता दिईरहेको नगरप्रमुख सिताराम जोशीले बताउनुभयो । बिद्यालयले भौतिक दुरि कायम राख्दै सरसफाईका सामाग्री प्रयोग गर्दै बैकल्पिक उपाय अपनाई कार्ययोजना बनाएर पढाइलाई निरन्तरता दिइरहेको छ । ठाउँ परिस्थिति हेरेर सिकाइलाई निरन्तरता दिने, शैक्षिक क्षेति माथि उकास्ने पनि नगरप्रमुख जोशीले बताउनु भयो ।
९ वटा स्थानीय तह भएको जिल्लाका अधिकांश विद्यालयले यस अघि सामाजिक दुरी कायम राख्दै तथा स्वास्थ्य सामाग्री अपनाउदै पठनपाठन क्रियाकलाप सुरु गर्दै आएका थिए ।
कोरोना भाइरस कोभिड–१९ बिश्व माहामारिको रुपमा फैलिदै गएको र यही कारण गत चैत देखि असोज सम्म बिद्यालयको पठनपाठन कार्य अबरुद्ध हुँदै आएपछि आफ्ना छोराछोरीको शैक्षिकसत्र खुस्किने भन्दै अभिभावकहरु चिन्ता व्यक्त गर्दै आएका छन् ।