काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीहरु थपेका छन् । मन्त्रिपरिषद् पुनर्गठन हुने भनिएपनि केही मन्त्रालयमा हेरफेर र रिक्त रहेका मन्त्रालयहरुमा नयाँ मन्त्रीको नियुक्ति मात्रै गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
बुधबार दिउँसो प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति कार्यलयका नयाँ मन्त्री नियुक्त गरेको जानकारी दिएको हो । राष्ट्रपति कार्यालयको पत्र अनुसार ४ जना मात्रै मन्त्री थपिएका छन् ।
अर्थ मन्त्रीमा नेकपामा महासचिव विष्णु पौडेललाई तथा खाली रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा पार्वत गुरुङलाई दिइएको छ । गुरुङ यसअघि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री हुनुहुन्थ्याे ।
गुरुङको ठाउँमा लिलानाथ श्रेष्ठलाई नियुक्त गरिएको छ । कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय तथा रामबिर मानन्धरलाई शहरी विकास रज्यमन्त्रीकाे जिम्मेवारी दिइएकाे छ ।