डोटी । सुदुरपश्चिममा पहिलो पटक नियमीत रुपमा प्याराग्लाइडिङ सञ्चालन गरिएको छ ।
छतिवन पर्यटन प्रबर्द्धन संरक्षण समिती र बैतडी अमेजिङ्ग एडभेन्चर प्रा.लि को संयुक्त सहकार्यमा डोटी जिल्लाको जोरायल गाउँपालिका २ छत्तिवन को रुपसकाककंडा स्थित भगत डाककंडाको भ्यु पैन्ट देखि छतिवन ताल, बुडर बजार र बिछलमा अवतरण हुने गरि असोज २६ गते सोमबारबाट प्याराग्लाइडिङ नियमित रुपमा संचालन गरिएको हो ।
सुदुरपश्चिम प्रदेश र जोरायल गाउँपालिका अन्तर्गत रहेको छहरा झर्ना, छत्तिवन ताल क्षेत्रलाई व्यापक रुपमा प्याराग्लाइडिङको माध्यमबाट पर्यटन विकास गर्ने लक्ष्यका साथ नियमीत प्याराग्लाइडिङको सुचारु गरिएको छतिवन पर्यटन प्रबर्द्धन संरक्षण समिती अध्यक्ष भरत कुवँरले जानकारी दिए ।
विगत चार पांच वर्ष पहिले देखि नै छतिवन पर्यटन पर्बधन संरक्षण समितिका अध्यक्ष भरत कुककंवर र सचिब रुद्र ऐरले अफ्नो व्यक्तीगत लगानि लगाई पहिलो पटक पहलको सुरुवात गर्नु भएको थियो । नियमित पहलले नै प्याराग्लाइडिङ संचालन गर्न सफल भएको समितिका सचिव रुद्र ऐरले जानकाकी दिए ।
ऐर अनुसार प्याराग्लाइडिङ सुचारुको दिन २ जनाले उडान गरेता पनि अहिले भने दैनिक १० जनाले उडान गरिरहेको जानकारी दिए । एक पटक प्याराग्लाइडिङ उडानको लागि ३ हजार ९ सय रुपैंया शुल्कको निर्धारण गरेको छ । साथै थप २ सय पनी लाग्ने समितीले जनाएको छ । यो रकम उडान भर्ने ठाउँ लैजाने र अवतरण स्थलबाट ल्याउनका लागि लाग्ने शुल्क रहेको समितीले जनाएको छ ।
वि.सं २०७६ साल पौष महिनाको २५ गते पहिलो पटक मुख्य मन्त्रीका स्वकिय सचिब शिव वलिबाट छतिवन ताल नजिकै प्याराग्लाइडिङको सफल परीक्षण गरिएता पनि आर्थीक समस्या र पाईलटको अभावका कारण केहि महिना बन्द भएको थियो ।
समुद्री सतहदेखि झण्डै ३५०० मिटरको उचाइमा रहेको प्याराग्लाइडिङ उडानबाट पर्यटकहरुले मनोरम दृश्यको अवलोकन गर्न पाउने छन् ।