काठमाडौं । नेपालमा कोरोना परीक्षण अब एक हजारमा नै हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टीजेन बेस्ड टेस्टको शुल्क १ हजार रुपैयाँ तोकेको हो । मुल्य समयानुकल समायोजन हुने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेशनल टेस्टिङ गाइडलाइन चौथो संशाेधन स्वीकृति भएको जानकारी गराउँदै गाइड लाइनमा व्यवस्था गरिएको एन्टीजेन परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति प्राप्त प्रयोगशालाले मात्रै गर्न पाउने बताउनुभयो ।
उहाँले एफडिए, इयूए र स्वास्थ्य सेवा विभागमा सूचीकृत किटबाट मात्रै एन्टीजेन परीक्षण गर्न पाउने बताउनुभयो ।
प्रवक्ता गौतमले एन्टीजेनमा पोजेटिभ देखिए प्रयोगशालाहरुले सम्बन्धित स्वास्थ्य कार्यालय, ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र सम्बन्धित व्यक्तिलाई दिने र यदि रिपोर्ट नेगेटिभ आए सम्बन्धित व्यक्तिलाई दिनुपर्ने बताउनुभयो । एन्टीजेन भनेको रगतको नमुनाबाट गरिने परीक्षण हो ।