छाउपडी प्रथाजन्य हानिकारक अभ्यासहरु तोड्नका लागि किशोरी तथा महिलाहरुद्धारा सोमबार शिखर नगरपालिकाको वडा नं. १ र ३ मा जनचेतनामुलक सडक नाटक प्रर्दशन गरिएको छ । छाउपडी धार्मिक, साँस्कृतिक तथा पितृसत्तात्मक मान्यतामा आधारित कुप्रथाको विरुद्ध जागृत गर्न महिला तथा किशोरीहरुले नाटक प्रर्दशन गरेका हुन ।
सामाजिक अन्धविश्वास,धार्मिक मान्यता र सामाजिक चेतनाको अभावको कारण अझै पनि महिलाहरु छाउपढि प्रथा जस्तो अन्धविश्वास मारमा परेको अवस्थामा नाटक मार्फत महिनावारी अवस्थामा उनिहरुलाई सुरक्षितरुपमा घर भित्र बस्न,पोषिलो खान र मानवीय सम्मानसहित बाच्न पाउने अधिकारको सुनिश्चितताका लागि नाटकबाट सन्देश दिइएको कार्यक्रम संयोजक केशव परियारले जानकारी दिए ।
छाउपढी प्रथालाई अन्त्य गर्न सम विकास केन्द्र नेपालले एक्शनएड नेपालसंगको सहकार्यमा छाउपढी प्रथाजन्य हानिकारक अभ्यासहरु तोड्नका लागि किशोरी तथा युवाहरुको साझा अभियान अन्र्तगत डोटी जिल्लाका दिपायल सिलगढी नगरपालिका,शिखर नगरपालिका र के.आई.सिंह गाउपालिकामा किशोरी समुह ,महिलाअधिकार मंच र रिफलेक्ट सर्कल मार्फत महिलाहरुको अगुवाईमा संचालित अभियानहरुमा सहयोग गरिरहेको छ ।