प्रेम नेपाली असोज २६, डोटी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीले जिल्लाका ९ वटै स्थानीय तहमा आयोजना गरेको कार्यक्रममा १ हजार ४८ जना नेकपामा प्रवेश गरेका छन् । असोज २ गते शिखर नगरपालिकाबाट शुरु गरी असोज २५ गते सायलमा अन्तिम कार्यक्रम गरुञ्जेलसम्म नेपाली काँग्रेस लगाएत अन्य विभिन्न पार्टी परित्याग गरी १ हजार ४८ जना नेकपामा प्रवेश गरेको नेकपा डोटीका अध्यक्ष चक्र मल्लले जानकारी दिए ।
नेकपा डोटीले दिएको जानकारी अनुसार आदर्श गाउँपालिकामा २ सय ८७ जना, के.आई.सिंह गाउँपालिकामा ५२, बडिकेदार गाउँपालिकामा १ सय ५२, बोगटान फुड्सिल गाउँपालिकामा १ सय ९२ जना नेकपामा प्रवेश गरेका छन् । पूर्वीचौकी गाउँपालिकामा १८, दिपायल सिलगढी नगरपालिका १ सय २२ जना, शिखर नगरपालिकामा १ सय १५ जना, जोरायल गाउँपालिकामा १६ जना र सायल गाउँपालिकामा ९४ जना नेकपा प्रवेश गरेका हुन् ।
तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच एकिकरणपछि बनेको नेकपाको वडा स्तरसम्म संगठन विस्तारपश्चात गाउँ कमिटी बैठक, अन्तरक्रिया तथा भेला कार्यक्रम आयोजना गरि पार्टी चलाएमान भएको नेकपाले जनाएको छ । ९ वटै स्थानीय तहमा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रिय नेता, प्रदेश, जिल्ला तथा स्थानीय नेता कार्यकर्ताहरुको सहभागिता रहेको जनाईएको छ ।