डोटी । सामुदायिक स्तरमा कोरोना देखिएपछि डोटीको दिपायल शिलगढी नगरपालिका वडा नम्बर ६ र ९ शिल गरिएको छ ।
दिपायल सिलगढी नगरपालिका वडा नं. ६ मल्लो नाचन्थलीमा र वडा नम्बर ९ अन्तर्गत मल्लो कलेनामा एक/एक जना ब्यक्तीमा कोरोना संक्रमण देखिएपछी नाचन्थली र मल्लो कलेना शिल गरिएको दिपायल शिलगढी नगरपालिकाकि नगर प्रमुख मन्जु मलासीले जानकारी दिइन् ।
वडा नम्बर ६ ले एक साताका लागि ‘नाचन्थली मोड देखी कालिका मन्दीर’ सम्मको क्षेत्र शिल गरिएको हो ।
त्यस्तै वडा नम्बर ९ ले मल्लो कलेना शिल गरेको दिपायल शिलगढी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष धर्म साउदले जानकारी दिए ।
वडा नम्बर ९ का संक्रमित व्यक्ति कृषि विकास बैंक शिलगढीमा कार्यरत थिए भने वडा नम्बर ६ का संक्रमित व्यक्ति केही दिन अघाडी राजधानी काठमाडौंबाट घर फर्किएका हुन ।
संक्रमित ब्यक्तीसंगको सम्पर्कमा आएका ब्यक्तीहरुको तथ्याङ्क संकलन गर्ने कार्य भईरहेको नगरपालिकाले जानकारी दिएको छ । दिपायल सिलगढी नगरपालिकामा समुदाय स्तरमा कोरोना संक्रमण देखिन थालेपछि शिल गर्नु परेको वडा अध्यक्ष सन्तोष बोहराले बताए ।
संक्रमित ब्यक्तीहरुलाईलाई होम आइसोलेसनमा राखिएको छ । उक्त ब्यक्तीहरुको सम्पर्कमा आएका ब्यक्तीको ५ दिन पछि मात्र पिसिआर नमुना संकलन हुने हुँदा आवत जावत नगर्न तथा बाहिरबाट पनि मान्छे नआउनु भन्ने उदेश्यका साथ नगरपालिकाले शिल गरेको नगर प्रमुख मलासीले बताईन ।
समुदायमा कोरोना संक्रमण देखिन थालेपछी सबै नागरिकले साबधानीका उपाय अपनाउनका लागी नगर प्रमुख मलासीले आग्रह गरेकी छन ।संक्रमितको स्वास्थ अवस्था सामान्य रहेको छ ।