डोटी । बर्षौ देखि अन्धकारमा रात काटदै आएका डोटीको पुर्विचौकी गाँउपालिका बडा नं ५को उपरकाडाँमा पहिलो पटक विजुलि पुगे पछि त्यहाका स्थानियहरु खुसी भएका छन।
गाउँ पालिकाको बिकट गाउँ मानिने उपरकाणामा बिजुली नहुदा त्याका स्थानियहरुले विभिन्न समस्या झेल्दै आइरहेका थिए। बिजुली नहुदा रातको समयमा बिद्यार्थीहरुलाई पठन पाठन गर्न ,मोबाईल चार्ज गर्न ,कुटानी पिसानि लगायतका समस्या हुने गरेको थियो। गाउँमा बिजुली पुगे पछि ती सबै समस्याको समाधान हुने स्थानीय बताउछन् ।
चुनाबी घोषणा पत्र अनुसार जनताका पिरमर्कालाई बुझ्दै बिकासका पुर्वाधारलाई एक पछि अर्को गर्दै परिपुर्ति गर्ने उदेश्यका साथ पुर्बिचौकी गाउँ पालिका अगाडि बढेको र सो गाउँमा बिजुली बलेको हेर्ने आफ्नो वर्षौ देखिको सपना पूरा भएको गाँउपालिका अध्यक्ष दिर्घराज वोगटीले बताउनु भयो।
बिश्वको सर्वोच्च शक्ति भनेकै जनता भएको र जनताका पिर ,मर्का र समस्या माथी खेलवाड गर्ने जो कोहिलाई पनि जनताले ठेगान लगाउन सक्ने कुरामा जोड दिदै अध्यक्ष बोगटिले आफ्नो सम्पुर्ण टिम जनता खुसि पार्नमा समर्पित भएको बताउनु भयो।
गाँउपालिकालाई उज्यालो बनाउने पालिकाको पहिलो प्राथमिकता रहेको र सोही अनुरुप चुनाव ताका आफुहरुले बाचा गरेको प्रतिबद्धता पूरा गरि जनताका बिच जान पाउँदा खुसीको सिमा नरहेको गाउँ पालिका उपाध्यक्ष निर्मला देबि साउदले बताउनुभयो।
गाँउमा बिद्युत पुगेपछी एक सय १४ घरधुरी लाभान्वीत हुने गाँउपालिकाले जनाएको छ । गाँउपालिकाले आर्थिक बर्ष २०७६ / ७७ मा २८ लाख रुपैयाँ र नेपाल विद्युत प्राधिकरण प्राविधिक सहयोगमा उक्त गाँउमा विद्युत पुगेको हो ।