विजय क्षेत्री
डोटी । योगदान राष्ट्रका लागि अभियानले जेष्ठ नागरीक दिवसका अवसरमा पारी जिल्ला सदरमुकाम सिलगढीमा रहेको बल्ड बैंक रक्त दान गनुका साथै वृद्ध आश्रममा फलफुलमा वितरण गरेको छ ।
रक्त दान कार्यक्रममा अभियानका जिल्ला संयोजक दिपेन्द्र खड्का र सदस्य हिक्मत भण्डारीले २ प्वाइन रक्त दान गरेका थिए भने अन्य ७ जनाले बल्ड बैंकलाई आवश्यक परेका वेला रक्त दान गर्ने गरी नाम दार्ता गरेको अभियानका जिल्ला संयोजक दिपेन्द खड्काले बताए ।
खड्का अनुसार अभियानले सिलगढीमा रहेको पुज्य धर्मालम्वी वृद्ध आश्रममा रहेका २ जना वृद्धलाई फलफुल वितारण समेत गरीएको छ ।
योगदान राष्ट्रका लागि’ अभियान अन्तर्गत देशका हरेक तहमा प्राथमिक तालिम दिने, दुरदराज जहाँ यातायात समस्या छन्, त्यहाँ पनि पुर्ण तालिम उपलब्ध गराई सामान्यतः बहोस हुने, सर्पले टोक्दा, पानीको डुवानमा कसरी बचाउने लगायतका प्राथमिक उपचारबारे तालिम दिइने गरिन्छ ।
यस्तै देशभर प्राथमिक उपचार पद्धतिको विकास गरि मृत्युुदर कम गर्ने, स्वास्थ जनचेतना फैलाउने, देशमा स्वास्थ्यमा परिवर्तनको संवाहक बन्दै देशका लागि केही योगदान दिने उक्त अभियानको मुख्य उद्देश्य रहेको छ ।
अभियानले डोटी जिल्लामा पनि विभिन्न सेवा मुलक काम गदै आइरहेको छ ।