शालिभान साउँद
डोटी । स्वास्थ्य अधिकार सम्बन्धी सरोकारवाला बिच अन्तक्रिया कार्यक्रम बिहिबार सिलगढी मा सम्पन्न भएको छ ।
अनौपचारीक क्षेत्र सेवा केन्द्र डोटी द्धारा संचालित जिम्मेबार निकायहरुलाई जवाफदेही बनाउने परियोजना अन्तरगत गठित मानव अधिकार निगरानी समुुह र वडा कार्यालय बिच वडामा स्वास्थ्य अधिकारको बारे अन्तरक्रिया कार्यक्रम भएको हो ।
दिपायल सिलगढी नगरपालिका वडा न. ६ को कार्यालयमा सम्पन्न उक्त अन्तरक्रियामा वडा कार्यालयले स्वास्थ्य क्षेत्रमा गरेका कामहरु र आगमी दिनमा यस क्षेत्रमा गर्नु पर्ने कामका विषयमा छलफल भएको थियो ।
दिपायल सिलगढी नगरपालिकामा गठीत मानव अधिकार निगरानी समुहले वडाको स्वास्थ्य सवालहरु पहिचान गरी सम्वोधनका लागि वडा संग समुन्वय गन अन्तरक्रिया गरेको थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष सन्तोश बोहाराले केहि दिनमा नै वडालाई पोषण युक्त वडा घोषण गर्ने, स्वास्थ्य सम्बन्धि वडाले गरेकाकामहरुको तथ्याक अध्यावधि गरी राख्ने, स्वास्थ्य विमामा र्सवसाधारणको पहँच सुनिश्चीत गर्नका लागि सहजिकरण गर्ने र स्वास्थ्य शिविर, सुुस्केरी पोषण कार्यक्रम,दिर्घ रोग भएका व्यक्तिलाई औषधि सहयोग कार्यक्रमलाई यस बर्ष पनि संचालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै इन्सेक जिल्ला सहजकर्ता रन्जना भट्राई (बोगटी) ले स्वास्थ्य अधिकार संबैधानिक अधिकार भएको हुुनाले सबै नागरीकहरुको स्वास्थ्य सवाल प्रति जिम्मेवार निकायहरुले संवेदशिल भएर काम गर्नु पर्ने धारण राखेकि थिइन ।
वडाका जनप्रतिनिधि, कर्मचारी, मानब अधिकारकर्मी र पत्रकारहरुको सहभागिता रहेको उक्त कार्यक्रम समुुहका सदस्य नवराज जोशीले सहजिकरण गरेका थिएन सचिब दिनेश रोकायले संचालन गरेका थिए ।