धनगढी, साउन २९ ।
डोटीबाट निर्वाचित संघीय सांसद प्रेम बहादुर आले मगरको दिनचर्या सामाजिक कार्यमै वितिरहेको छ । आर्थिक अभावमा उपचार गर्न समास्या भएका बिरामीहरुलाई सहयोग गर्दै उनिहरुको दुःखमा केही हदसम्म भएपनि मलम लगाउने काम भएको छ ।
कोरोना कहरका विच आर्थिक अभावमा अस्पतालको बेडमा छटपटाइरहेका विरामी जनताको दुःखका सहयात्री बनेका छन सांसद आले । सधै जनताको दुःख पीडामा मलम लगाउदै आएका परोपकारी सांसद आले कोरोना कहरका बिचपनि जनताको सेवामा व्यस्त देखिन्छन ।
उहाँले आज डोटी जिल्लाका ४ जना विरामीलाई आर्थिक सहयोग गर्नुभएको छ । बिहान १०ः३० बजे डोटीको के.आई.सिंह गाउँपालिकाका मस्तिष्क रोगबाट पीडित ८ बर्षीय प्रबिन जोशीलाई वीर अस्पतालमा भेटी नगद १० हजार आर्थिक सहयोग गर्नुभएको हो ।
त्यस्तै दिउँसो १२ बजे सुमेरु अस्पतालको ICU मा भर्ना भएका आदर्श गाउँपालिका ६ का वडा अध्यक्ष लाल बहादुर खडायतलाई नगद २५ हजार सहयोग भर्नुभएको छ ।
भारतमा मजदुरी गर्दै परिवार पालिरहेका डोटीको सायल गाउँपालिका वडा नम्बर ५ सुनिबाटाका ३५ बर्षीय खगी बिकको ढाड भाचिएर अस्पतालको बेडमा उपचारत छन । मजदुरी गदै आएका उनको उपचारमा समस्या भएपछि आज दिउँसो ४ बजे राष्ट्रिय ट्रमा सेन्टरमा भेटी नगद १५ हजार सहयोग गर्नु भएको हो । त्यस्तै आज साँझ ५ बजे आदर्श गाउपालिका ६ गिरिचौकाका दुबै मृगौला पीडित ३३ बर्षीय वीर बहादुर खडायतकी श्रीमतीलाई भेटी नगद १५ हजार सहयोग गर्नुभएको छ ।
नेकपाका केन्द्रिय सदस्य तथा डोटी जिल्ला इञ्चार्ज समेत रहेका सांसद आले सदैब जनताका शुख दुःखकाबिच भेटिन्छन । परोपकारी स्वभावका आले कोरोना महामारीलाई चुनौती दिदै गरीब, मजदुर असहाय सुदूरपश्चिमेलीहरुको जनसेवक बनीरहनु भएको छ ।
जनजातिको अल्पसंख्यक ३ प्रतिशत पनि जनसंख्या नरहेको डोटी जिल्लामा मगर जातिका आले आम डोटेली जनताको मन मनमा रहेकै कारण २ पटक चुनावबाट निर्वाचित भएका हुन । अन्य नेताको तुलनामा सांसद आले डोटी जिल्लामा सफल नेताको रुपमा परिचित रहेका छन ।
capitallivenews