२५ भाद्र,डोटी ।
डोटीमा सामुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी देखिएको छ ।
कार्यक्रम प्रभाबकारी बनेपछी जिल्ला प्रहरी कार्यालय डोटी र जिल्लाका स्थानीय तह बिच सहकार्य भएर गाउँ–गाउँमा सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न क्रियाकलाप गरिएका छन ।
यो कार्यक्रम लागू नहुनू भन्दा पहिले महिला हिंसा ,बाल हिंसा ,बलात्कार ,वालबिबाह ,बहुबिवाह लागुऔषध ,सडक दुर्घटना लैङ्गिक विभेद जन्य घटना बढी आउने गरेको र हाल आएर सो घटनामा कमि आएकोजिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराले बताए।
हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी भन्ने मूल नाराका साथ सुरु भएको यो कार्यक्रम अन्तरगत प्रहरीले चेतनामुलक कार्यक्रम गरेसँगै कार्यक्रम प्रभावकारी बन्दै गएको हो । प्रहरीले विद्यालयदेखि समुदायसम्म सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ।
अभियान अन्तर्गत अपराध रोकथाम, शान्ति सुरक्षा तथा सचेतना जगाउन सबै स्थानीय तह, सामुदायिक संस्था तथा विद्यालयसँगको साझेदारीमा कार्यक्रम सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्र मल्लले बताए ।
अभियान अन्तरगत विद्यार्थीलाई लक्षित गरी लागुऔषध, छाउपडी प्रथा, घरेलु हिंसा, लैंगिक हिंसा, बालबिबाह, बहुबिबाह ,सडक सुरक्षाका साथै ट्राफिक सम्बन्धी अन्तरक्रीया कार्यक्रम सञ्चालन गरी सचेतना जगाईएको छ । प्रहरीले सञ्चालन गरेको प्रहरी मेरो साथी लगायतका अभियान भन्दा यो अभियान प्रभावकारी बन्दै गएको सर्वसाधारणको भनाई छ।
कार्यक्रम प्रभावकारी भए पनि कोरोना भाइरस कोभिड १९ का कारण पुर्ब निर्धारित कार्यक्रम गर्न नसकिएको र कोरोना सम्बन्धी कार्यक्रम जारी रहेको प्रहरी निरीक्षक बोहराले बताए।