सालिभान साउद
भदौ १८ डोटी । विद्युत प्राधिकरणको लापरबाही कारण डोटीमा स्थानियहरु जोखीममा परेका छन ।
बिजुलीको नाङ्गो तथा लत्रीएको तार व्यवस्थापन हुन नसक्दा डोटीको शिखर ३ आलीका जनताले लामो समयदेखि ज्यान जोखिममा राखेर बिद्धुतमा आउने विभिन्न समस्या खेप्नुपरेको छ ।
विद्युत प्राधिकरण लगायत सरोकारवाला निकायको लापरबाहीको कारण नगरपालिकाको वडा नम्बर ३ मा पर्ने आली अतुराली,खुडखुडा र सुर्खाल भन्ने गाउँका बासिन्दाले बिजुलीमा आउने बिबिध समस्या खेप्नुपरेको हो ।
डोटीको शिखर २ मुडेगाउ देखि शिखर ४ मा पर्ने सुर्खाल भन्ने गाउँसम्म जोडिएको विद्युत लाइनमा लामो समयदेखि घरीघरी बिजुली अवरुद्ध हुने,ट्रान्समिटर सट हुने,बत्ती मधुरो बल्ने,बिद्धुत लाइन फ्युज हुने जस्ता समस्या भोग्नुपरेको स्थानीय तेज बहादुर बोगटीले बताए । वि.सं.२०६४ सालमा गाउँमा बिजुली लाइन घर घरमा जडान गर्नको निमित्त रुखको खम्बाद्वारा सहारा लिएर जडान गरिएको थियोे ।
रुखको खम्बा बर्षौ यता पुनःस्थापन नभएको कारण अहिले कुहीएर ढल्न थालेपछि हामी गाउँबासीले बिद्धुत प्राधिकरण दिपायल संग बिजुलीको पोलको माग गर्यौ र जेनतेन बिजुलीको केही पोल प्राप्त गर्यौ अनि पोल पुनःस्थापनाका लागि जमिनमा खाल्डो पनि खन्यौ दुःखको कुरा ६ महिना बितिसक्दा पनि पोल पुनःस्थापन गर्न कोहीपनि आएनन् बोगटीले सेति संचारलाई बताए ।
ठाउँठाउँमा बिद्धुत लाइन जडान गरिएको रुखको खम्बा कुहिएर ढलेपछि बिजुलीका नाङ्गा तार कतिपय भुइँमा बसेकाछन भने कतिपय आलो रुखमा ठोक्किएका छन् । उक्त बिजुलीको नाङ्गो तारको डरले गाउँबासी सबै त्रसित रहेका छन ।
यो समस्यालाई हल गर्न नेपाल विद्युत प्राधिकरण दिपायलले बिजुलीको खम्बा पुनःस्थापनाका लागि केही समय लाग्न सक्ने बताएको छ ।