पढेका कुरा चाँडै बिर्सेर हैरान हुनुहुन्छ? अब चिन्ता लिनु पर्दैन । यी उपाय अपनाउँदा पढेकाे कुरा सम्झन सहयाेग पुग्छ।
अन्डरलाइन गरेर पढ्ने: अन्डरलाइन गरेर पढदा अर्को पटक आफूलाई चासो लागेका विषय खोज्न सजिलो हुन्छ। परीक्षा दिने केही दिनअघि अन्डरलाइन गरेको विषय दोहो-याउँदा सम्झन सजिलो हुन्छ।
आफैँ नाेट बनाउने: परीक्षाका बेला साथीभाइसँग नोट मागेर पढ्ने गर्नुहुन्छ भने आजै बन्द गर्नुस्। आफैँले नोट बनाउँदा सम्झन सजिलो हुन्छ। शिक्षकले भनेको केही प्वाइन्टको प्रयोग गर्ने र आफ्नै भाषामा नोट बनाउने विधि सजिलो हो। आफूले लेखेको कुरा प्रायः बिर्सिइन्न।
लेख्ने पूर्वाभ्यास: पढेर एकैचोटी परीक्षामा मात्र लेख्ने बानीले राम्रो नतिजा आउँदैन। परीक्षा दिँदा एउटा प्रश्न कम्तीमा ३ पटक अभ्यास गर्दा सजिलो हुन्छ। घरमा पहिले नै प्रश्न बनाएर अभ्यास गर्दा आत्मबल समेत बढ्छ।
सर्टकट बनाएर पढ्ने: कतिपय फर्मुलाका बुँदा लामो र दिक्क लाग्दा हुन्छन्। सम्झन अप्ठ्यारो हुन्छ। इतिहास, विज्ञान, अर्थशास्त्र र गणितका सूत्र सम्झन सर्टकट बनाउँदा सजिलो हुन्छ। जस्तै गुड् म्यानेजरका क्वालिटी के हो भनेर अध्ययन गर्दा मानौँ ५ वटा प्वाइन्ट छ भने स्मार्ट भनेर पढ्ने जसको पूरा फुलफर्म एस भनेको स्पेसिफिक, एम भनेको मेजरेबल, आर भनेको रियलस्टिक, टि भनेको टाइम बाउन्डिङ हुन्छ । यसरी पढ्दा निकै सहज हुन्छ ।
टाइमटेबल बनाउने:बोझ लिएर पढ्दा जति पढे पनि याद हुँदैन। कतिपयले पढ्न नभ्याएको पनि बताउँछन् । पढ्न समय व्यवस्थापन गर्नैपर्छ । पढ्ने समयलाई निश्चत समय छुट्याउनुपर्छ । कुन विषय कुन बेला पढ्ने समय छुट्याएर पढ्ने गर्नुपर्छ।
प्रश्नोत्तर गर्ने: साथीहरुबीच प्रश्नोत्तर गरेर पढ्दा जति फाइदा अरुमा हुन्न ।सानो टिम बनाउनुस्, फर्मुला, पोइन्ट, परिभाषा आदिबारे एकअर्कासँग सोध्नुस्, त्यसो गर्दा आफूलाई के आउँछ, आउँदैन भन्नेबारे जानकार भइन्छ । आफ्नो कमी कमजोरी भएको विषयमा थप मिहिनेत गर्न सहज हुन्छ ।
सिम्बोल दिने: पढेका कुरालाई याद गर्नलाई संकेत पनि दिन सकिन्छ । जस्तो विभिन्न फर्मुलालाई विभिन्न कलरको नामाकरण पनि गर्न सकिन्छ ।
साथीहरुसँग पर्याप्त छलफल गर्ने:पढ्दापढ्दै कुनै टपिक्स बुझिदै बुझिएन भने त्यस्तो अवस्थामा साथीसँग सल्लाह गर्नु उत्तम हो। समूह बनाएर आ–आफूले रुचीको विषयमा छलफलगर्दा सजिलो हुन्छ । दिनैपिच्छे फरक–फरक विषयमा छलफल गर्दा अप्ठ्रारा विषय समेत सहज बन्छन्।
प्रयोगात्मकमा ध्यान दिने: पढ्ने विषय पूरै थ्योरी छ भने त्यसलाई प्राक्टिकल बनाएर पढ्न सकिन्छ। मानौँ तपाईं नेपालीको विद्यार्थी हुनुहुन्छ भने कथा, कविता कसरी लेख्ने अभ्यास गर्न घोकेर भन्दा अरुले लेखेका कथा कविताको किताब पढ्दा उपयोगी हुन्छ । हरेक कुरा घोक्नुभन्दा प्रयोगात्मक के गर्न सकिन्छ भनेर ध्यान दिने हो भने पढेको कुरा बिर्सिइन्न