स्वर्गीय राष्ट्रकवि घिमिरेको सम्झनामा उहाँ द्धारा लिखित ‘गौरी’ खण्डकाव्यबाट..
नेपाली हरिया पहाड वनका यी घाम(छायाहरू
हामी दम्पति, शान्ति कान्ति कलिला, यी मोह(मायाहरू
यो संयोग जुटाउने कन थियो कल्ले बिगा¥यो अनि
हाम्रो भेट हुँदैन हो कि संगिनी ! धिक्कार कैल्यै पनि।
पृथ्वीमा अबदेखिलाई कहिल्यै कालै नआए पनि
प्यारी भैकन अप्सरा घरघरै आएर जन्मे पनि
मेरो जो हरियो भरिन्न जसको जे जे जुटे तापनि
हाम्रो भेट हुँदैन हो कि संगिनी ! धिक्कार कैल्यै पनि।
हाम्रा हर्ष र शोक, मान, ममता, आनन्द यौटै थिए
एकै प्राण थियो र ज्यान दुईका सन्तान एकै थिए
बाँचूँ भिन्न भएर आज कसरी, आधा म¥यो जीवनी
हाम्रो भेट हुँदैन हो कि संगिनी ! धिक्कार कैल्यै पनि।
ती ठट्टा सुखका र फेरि दुःखका सल्लाह हाम्रा गए
ती हाम्रा झगडा र मान, ममता, माधुर्य, माया गए
बाँकी जीवनको मुराद मनको रोयो बिलौना बनी
हाम्रो भेट हुँदैन हो कि संगिनी ! धिक्कार कैल्यै पनि।
छन् सम्पूर्ण सुखी कसैसित पनि मिल्दैन मेरो मन
छन् ताराहरू रातमा र दिनमा साथी छ यो निर्जन
एकान्तस्थलमा त भेट्न तिमीले हुन्थ्यो नि आए पनि
हाम्रो भेट हुँदैन हो कि संगिनी ! धिक्कार कैल्यै पनि।
मेटी स्वर्ग र मत्र्यलाई जसरी भेट्छौं महारातमा
ब्युँझन्नौं किन एकसाथ त्यसरी हामी दुवै प्रातःमा
स्वप्नाको दुनियाँ मलाई कहिले मिल्ला नि साँचो बनी
हाम्रो भेट हुँदैन हो कि संगिनी ! धिक्कार कैल्यै पनि।
मर्ने मानिस फर्किदैन कहिल्यै भेटिन्न भेटिन्न रे
पर्दा लाग्दछ जो महामरणको उल्टिन्न उल्टिन्न रे
यो कस्तो कुन निष्ठुरी नियम हो, के हुन्छ फेरे पनि
हाम्रो भेट हुँदैन हो कि संगिनी ! धिक्कार कैल्यै पनि।
तिम्रो सुन्दर त्यो शरीर, मधुरो मुस्कान तिम्रो गयो
तिम्रो बैंस रमाइलो र गहिरो माया कसोरी गयो
पाइन्नौ यस रूपमा अब तिमी फर्केर आए पनि
हाम्रो भेट हुँदैन हो कि संगिनी ! धिक्कार कैल्यै पनि।
हेर्छन् बादलले हिमालगिरिमा( ‘गौरी कहाँ छन् ?’ भनी
सोध्छे शान्ति मलाई सानु मुखले( ‘आमा कहाँ छन् ?’ भनी
मैलाई पहिले म उत्तर दिऊँ( ‘मेरी ! कहाँ छौ ?’ भनी
हाम्रो भेट हुँदैन हो कि संगिनी ! धिक्कार कैल्यै पनि।
ब्यूँझन्नौ यस जन्ममा अब तिमी अल्प्यौ महाकालमा
मैले हेलिनुपर्छ रे सब भुली संसारको भेलमा
सम्झेला कसले ‘दुवै दिन सँगै हामी थियौं रे !’ भनी
हाम्रो भेट हुँदैन हो कि संगिनी ! धिक्कार कैल्यै पनि।
राष्ट्रकवि घिमिरेको ‘गौरी’ खण्डकाव्यबाट